त्रिविले तत्काल पाँच सय उपप्राध्यापकको विज्ञापन गर्ने, त्रिविको ताला खुल्यो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तत्काल पाँच सय उपप्राध्यापकको विज्ञापन गर्ने भएको छ । त्रिवि र विद्यार्थी संगठनबीच सो सहमति भएसँगै एक महिनापछि त्रिविको ताला खुलेको छ। 

त्रिवि सभाले गत मंसिर १४ गते आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा उत्रिएका ६ विद्यार्थी संगठनले मंसिर १६ गते त्रिविको उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

सोमबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच १४ गतेको निर्णय तत्काल कार्यन्वयन नगर्ने, स्ववियु चुनाव प्रक्रिया अघि बढाउने, खुला विज्ञापनका लागि साढे पाँच सय शिक्षकको विज्ञापन गर्नेलगायत सहमति भएको छ । 

नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत विधार्थी संगठनसँग त्रिविले यस्तो सहमति गरेको हो । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया