कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट दक्षिण कोरियामा पहिलोपटक दुईजनाको मृत्यु भएको छ ।
मृत्यु भएका दुवै जना ९० वर्षमाथिका छन् । दक्षिण कोरियाका सरकारी अधिकारीहरूका अनुसार राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो ।
उनीहरूमध्ये एक जनाको २७ डिसेम्बरमा र एक जनाको २९ डिसेम्बरमा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।