पिएसजीको जितमा एमबाप्पेको ह्याट्रिक

कप डि फ्रान्सअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु टोली भान्नेसमाथि ४–० को शानदार जित हात पारेको छ ।

यो जितसँगै साविक विजेता पिएसजीले अन्तिमा १६ मा आफ्नो स्थान पनि सुरक्षित गर्‍यो । स्टेड डि ला रविनमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक पूरा गर्दा प्रेसनेल किमपेम्वेले एक गोल गरे ।

खेलको २८ औं मिनेटमा किमपेम्वेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोली को अग्रता दोब्बर पारे ।

७१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७६ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पिएसजीले फराकिलो जित हात पार्‍यो । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ७:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया