प्रचण्डको प्रतिवेदनले समाजवाद खोजेकै छैन, ल्याउने कुरा त परै रह्यो : गोपाल किराती

नेकपा माओवादी पुनर्गठन अभियानका संयोजक गोपाल किरातीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन् । उनले प्रचण्डले आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘वस्तुतः खाओवादी प्रतिवेदन बन्न’ पुगेको टिप्पणी गरेका हुन् । 

माओवादी केन्द्रका पूर्वनेतासमेत रहेका किरातीले प्रचण्डले प्रतिवेदनमा समेट्न छुटाएका कुरा पनि उल्लेख गरेका छन् । ‘प्रचण्ड प्रतिवेदन वस्तुतः खाओवादी प्रतिवेदन हो । किनकि, त्यसले निम्न पाँच काम गर्न सकेन : माओवाद र माओवादी केन्द्र त्यागेर हिँडेको, तर अहिले अदालती माओवादी बन्नु परेकोप्रति सार्वजानिक आत्मालोचना गर्नु पर्दथ्यो, सर्वहारा साँस्कृतिक रूपान्तरणको सामूहिक प्रतिवद्वता गर्नु पर्दथ्यो, समाजवादको स्पष्ट कार्यक्रम ल्याउनु पर्दथ्यो, देशद्रोही एमसिसी खारेजीको निर्णय लिनु पर्दथ्यो र उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरण गर्नु पर्दथ्यो,’ किरातीले फेसबुकमा लेखेका छन् ।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशनको प्रतिवेदनले समाजवाद नखोजेको पनि उनले उल्लेख गरेका छन् । ‘माके आठौं महाधिवेशनको प्रतिवेदनले समाजवाद खोजेकै छैन, ल्याउने कुरा त परै रह्यो । अतः माकेको प्रचण्ड प्रतिवेदन माओवादी होइन, वस्तुतः खाओवादी प्रतिवेदन बन्न पुगेको छ,’ किरातीले भनेका छन् ।   





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १०:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया