logo-img

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिला नेतृमाथि गोली प्रहार भएको छ । 

भारतीय कांग्रेस आईकी नेतृ रीता यादवलाई अज्ञात समूहले गोली हानेको हो । केही समय अघि उनी मोदीलाई कालो झण्डा देखाएका कारण चर्चामा आएकी थिइन् ।
मोदीलाई कालो झण्डा देखाउने र गोही प्रहारका घटना एकअर्कासँग सम्बन्धित् छ वा छैन भन्ने खुलेको छैन ।  

अज्ञान समूहले सोमबार उनीमाथि गोली प्रहार गरेको थियो । गोली उनका खुट्टामा लागेको थियो । घाइते अवस्थमा उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको उपचार भइरहेको छ । 

‘म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएको थिएँ । त्यहाँबाट फर्किदै गर्दा राजमार्गमा तीन जनाले ओभर टेक गरी मेरो बोलेरोलाई रोके अनि गोली हान्दै मार्ने धम्की दिएका थए,’ घाइते यादवले भनिन्, ‘मेरो ड्राइभरको कन्चटमा पेस्तोल राखेका थिए । मैले प्रतिकार गरेपछि उनहरुले गोली चलाएका थिए । गोली मेरो खुट्टामा लागेको छ ।’ 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले गत नोभेम्बर १६ का दिन एक कार्यक्रममा कालो झण्डा देखाएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनी धरौटीमा रिहा भएकी थिइन् । उनी गत डिसेम्बर १७ मा समाजवादी पार्टीबाट कंग्रेसमा प्रवेश गरेकी थिइन् ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया