हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित

केही दिनयताको निरन्तरको शीतलहर तथा चिसोका कारण जनकपुरधामसहित तराई अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।

शीतलहर तथा चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । 

शीतलहर तथा चिसोलाई मध्यनजर गरी प्रदेश-२ का केही स्थानीय तहले नगरक्षेत्रका विद्यालयसमेत बन्द गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले विद्यालय गरेको हो ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकामा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा मंगलबारदेखि शुक्रबारसम्म, धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । 

चिसोका कारण बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ११:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया