इरानका राष्ट्रपति इब्राहिम रइसीले अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारवाही नगरै बदला लिने धम्की दिएका छन् ।
जनरल कासिम सुलेमानीको हत्या भएको दुई वर्ष पुगेको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले हत्याको आरोपमा ट्रम्पविरुद्ध मुद्दा चलाउन अमेरिकालाई भनेका हुन् ।
सुलेमानी कुर्द फोर्सका शीर्ष कमाण्डर थिए । कुर्द फोर्स इरानको एलिट रिभोलुसनरी गार्डसको विदेश शाखाको रुपमा चिनिन्छ ।
३ जनवरी २०२० मा अमेरिकाले एक ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरेको थियो, जतिबेला ट्रम्प अमेरिकाको राष्ट्रपति रहेका थिए । ट्रम्पको आदेशमा यो आक्रमण भएको थियो ।
‘यदि जनरल सुलेमानीको हत्याको आरोपमा ट्रम्प र तत्कालिन विदेशमन्त्री माइक पोम्पियोविरुद्ध मुद्दा चल्दैन भने हामी हाम्रो शहीद जनरलको हत्याको बदला लिन्छौंं,’ सोमबार इरानका राष्ट्रपति रइसीले भने । उनीहरु माथि इस्लामीक कानून अनुसार कारवाही गरिनुपर्ने माग समेत उनले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।