ओमिक्रोन त्रासले फेरि ‘प्रेमगीत ३’ को रिलिज मिति स्थागित

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासले फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ । निर्मातासमेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत चलचित्रको रिलिज स्थगित भएको जनाएका छन् । 

‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरू, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ,’ सेनले लेखेका छन्, ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचारप्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौं । भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समूहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ ।’ 

नेपाल र भारतको अलवा अन्य देशमा पनि एकै मितिमा फिल्म प्रदर्शन गर्न अहिले अनिश्चितकालका स्थगित गरिएको सेनले उल्लेख गरेका छन् । फिल्म १३ फागुन रिलिज गर्ने तयारी थियो । दुई वर्षअघि पनि फिल्म कोरोनाको कारण स्थगित भएको थियो । 

प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहेको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ११:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया