थिएगो सिल्भा थप एक वर्ष चेल्सीमै रहने

ब्राजिलियन डिफेन्डर थिएगो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता एक वर्ष बढाएका छन् । 

नयाँ सम्झौताअनुसार ३७ वर्षीय सिल्भा सन् २०२३ को समरसम्म चेल्सीमा रहनेछन् । चेल्सीले सिल्भालाई सन् २०२०–२१ को सिजनमा दुई वर्षको लागि फ्रेन्च क्लब क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्ध गरेको थियो ।

उनको सम्झौता २०२२ को समरसम्म रहे पनि चेल्सीले सिल्भाको सम्झौता अवधि बाँकी रहँदै सम्झौता नविकरण गरेको हो । यो सिजन सिल्भाले क्लबका लागि २१ खेल खेल्दा २ गोल गरेका छन् । 

चेल्सीको प्रमुख कार्यकारी अधिकृत मारिना ग्रानोभस्कियाले पिच र पिच बाहिर उनको सकारात्मक प्रभावको विशेष प्रशंसा गर्दै उनको सम्झौता नविकरण गरिएको र यसलाई उनले आगमी दिनमा पनि कायम राख्नेमा विश्वस्त रहेको बताएकी छन् । 
 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १२:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया