राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश १ मा सत्ता गठबन्धनबाट जसपाका हेमराज राई, नेकपा एकीकृत समाजवादी पार्टीका जयन्ती राई र नेपाली कांग्रेसका गोपाल बस्नेतले उम्मेदवारी दिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदै छ ।
राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनीत सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले निर्वाचन हुन लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।