सेयर बजार मापक नेप्से परिसूचक आइतबारदेखि निरन्तर रुपमा बढ्न थालेको छ ।
आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो । आइतबार र सोमबारको भन्दा पनि मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको सेयरमूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको छ ।
मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम घटेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह र अन्य उप समूहबाहेक सबै उपसमूहको परिसूचकमा आज पनि हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ५.२३ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधनको ०.५९ प्रतिशत र अन्य उपसमूहको परिसूचक ०.३४ प्रतिशत घटेको छ ।
मंगलबार तीन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनी रहेका छन् ।
त्यस्तै, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टिपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
आज कारोबार रकमका आधारमा १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर नेपाल बङ्गलादेश बैंक पहिलो स्थानमा रहेको छ । त्यस्तै, नबिल बैंक, अपी पावर, हिमालयन डिस्टिलरी र अपर तामाकोसीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।