केन्द्रीय सदस्य र राष्ट्रिय सभा उम्मेदवार चयनमा शेखर पक्षको असन्तुष्टि, बुधबार आफ्नो समूहका उम्मेदवारसँग छलफल गर्ने

नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाको समूहले पार्टी सभापति शेरबहादुर देउवासँग आत्मसमर्पण नगर्ने बताएको छ । मंगलबार कोइरालाले बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा आफ्नो पक्षको बैठक बोलाएको थियो । 

बैठकले हालै सम्पन्न महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवार बनेका सबै नेतासँग छलफल गर्ने निर्णय गरेको हो। बैठकले बुधबार दिउँसो २ बजे सबै उम्मेदवारसँग छलफल गर्ने निर्णय गरेको हो ।  

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी तथा महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाललगायत सहभागी थिए । 

पार्टी सभापतिमा पराजित भएपछि कोइरालाले पार्टीमा भाग नखोज्ने अभिव्यक्ति दिएका थिए । तर, सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनयन गरेको सम्बन्धमा असन्तुष्टि जनाएको हो । 

सो समूहले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा पनि आफ्नो पक्षसँग छलफल नगरेको भन्दै सशंकित भएको हो । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १८:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया