कोरोना संक्रमण बढेपछि दिल्लीमा शनिबार र आइतबार पूर्णकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले आगामी शनिबार र आइतबारका लागि कर्फ्यु लगाउने निर्णय गरेको छ । यसअघि २९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यु लगाउँदै आएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले कर्फ्यु लगाउने निर्णय गरेको हो । शनिबार र आइतबार बजार, सार्वजनिक स्थल, रेस्टुरेन्ट, पार्कलगायत स्थानमा भिडभाड हुन नदिन कर्फ्यु घोषणा गरिएको हो । 

विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनले अत्यावश्यक कामबाहेक दुई दिन घरबाट ननिस्कन आग्रह गरे । 

दिल्लीमा मंगलबार ५ हजार ४ सय ८१ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा १३ सयले बढी हो । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोना संक्रमण दर ८ दशमलव ३७ पुगेको छ ।  

दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको छ । मंगलबार ३ जनाको मृत्युसमेत भएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार २१:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया