प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनको पहिलो भारत भ्रमण हो ।  

कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित प्रधानमन्त्री देउवाले यसअघि बेलायतको भ्रमण गरेका थिए । उनले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।

सोही दिन उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

देउवाले यसपटक सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्नेछन् ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार २१:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया