जो रूट बने इंग्ल्याण्ड टेस्ट टिमको लामो समय कप्तानी गर्ने खेलाडी

इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रूटले इतिहास रचेका छन् । उनले टेस्ट क्रिकेटमा इंग्ल्याण्डका लागि लामो समय कप्तानी गर्ने खेलाडी बन्दै इतिहास रचेका हुन् । 

रूटले यो उपलब्धि एसेज सिरिजअन्तर्गत अस्ट्रेलियासँगको चौथो खेलमा हासिल गरेका हुन् । योसँगै उनी इंग्ल्याण्डका लागि सर्वाधिक ६० म्याचमा टेस्ट टिमको कप्तानी गर्ने पहिलो खेलाडी बनेका छन् । 

रूटले ५९ म्याचमा कप्तानी गर्दा इंग्ल्याण्डलाई २७ खेल जिताएका छन् । हालसम्म उनको कप्तानीमा इंग्ल्याण्डले २४ खेल हार्दा आठ खेल बराबरी खेलेको छ । रूटले २०१७ देखि इंग्ल्याण्डको टेस्ट टिमको कप्तानी गर्दै आएका छन् ।

यसअघि सबैभन्दा लामो समय इंग्ल्याण्डको टेस्ट कप्तानी गर्ने रेकर्ड एलिस्टर कूकको नाममा थियो । उनले इंग्ल्याण्डका लागि ५९ टेस्ट म्याचमा कप्तानी गरेका थिए । कूकले २०१० देखि २०१६ सम्म टेस्ट टिमको कप्तानी गरेका थिए । 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १०:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया