प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलबीच भेटवार्ता भएको छ । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रूपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको थियो । 

महासचिव लेक्फिलले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् । त्यस्तै, उनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई भेटवार्ता गरेका थिए । 

परराष्ट्रमन्त्री खड्कासँगको भेटमा महासचिव लेक्किफलले बिमस्टेक सदस्यको रूपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।   





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १२:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया