ओमिक्रोनबाट डेनमार्कमा १८ जनाको मृत्यु

डेनमार्कमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।

डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्तामा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचार आइरहेका बताइएको छ ।

पछिल्ला दिनमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।

यता डेनमार्कमा भने ओमिक्रोनको संक्रमण बढ्दै गएको अधिकारीहरूले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया