बतास समूहले आरजुलाई सल्लाहकारबाट हटायो

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा बतास अर्गनाइजेसन अन्तर्गत बतास फाउण्डेसनकी सल्लाहकार हुन् । उनी लामो समयदेखि उक्त फाउण्डेसनको सल्लाहकारमा छिन्।

फाउण्डेसनले आफ्नो वेबसाइटमा पनि उनको तस्बिरसमेत राखेको थियो । तर, अहिले भने आरजुकाे तस्बिर र सल्लाहकार पद नै हटाइएको छ । 

यसअघि आज दिउँसोसम्म उनको नाम र तस्बिर एडभाइजर समूहमा थियो । तर, अहिले भने आरजुको नाम र फोटो हटाएर अन्य तीन जनाको मात्र राखेको छ । अहिले क्रिस वार्डेल र खेमराज उपाध्यय एडभाइजरको रूपमा छन् भने डा. सुमन के. कर्ण भोलेन्टियर छन् । 

यतिबेला बतास समूह चर्चामा छ । नारायणहिटी दरबार संग्राहलय परिसरभित्र बतास समूहले रेस्टुरेन्ट सञ्चालन गर्दैछ । त्यसका लागि अहिले भवन निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। तर, चर्को विरोधपछि भने हिजोबाट निर्माण कार्यमा रोक लागेको छ । 



उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बतासलाई सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन दिनेगरी सम्झौता भएको थियो । 

यता ओली र नेकपा एमालेको विरोध भइरहँदा बतास समूहको सल्लाहकार नै आरजु पाइएको हो। 



उनको पनि आलोचना भएपछि बतास फाउण्डेसनले उनको नाम नै हटाएको हो ।

नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु


  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया