डा. सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । किसानहरूका जायज माग पूरा गर्न माग गर्दै जनमत पार्टीको उपत्यका समन्वय समितिले उपत्यकामा विरोध प्रदर्शन गरेको हो ।
गिरफ्तार किसानलाई रिहा गर, अत्याचार सरकार मुर्दावाद ! मुर्दावाद !, किसान उपर दमन बन्द गर !, सिँचाइको व्यवस्था गर, किसान आन्दोलन जिन्दावादलगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।
उखु किसानको भुक्तानी, उखुको मूल्य निर्धारण, किसानलाई पेन्सनको व्यवस्थालगायतका माग राख्दै ११ पुसदेखि तराईका जिल्लाहरूमा सिके राउत नेतृत्वको पार्टीले आन्दोलन गरिएको छ । आन्दोलनले उग्र रूप लिँदा तराई जिल्ला अशान्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।