नोवेलमा आन्दोलनको समर्थनमा पुगेका विद्यार्थी संगठनले गरे तोडफोड

विराटनगरस्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको समर्थनमा गएका विद्यार्थी संगठनले तोडफोड गरेका छन् ।

अतिरिक्त शुल्क मागको भन्दै आन्दोलनमा उत्रिएका एमबिबिएस प्रथम वर्षका विद्यार्थीको समर्थनमा पुगेका विद्यार्थी संगठनका नेता-कार्यकर्ताले नोवेलमा तोडफोड गरेका हुन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले विद्यार्थीलाई कलेज प्रवेश गर्न रोक लगाएको बताइएको छ । करिब ८० विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको हो ।

कक्षमा छिर्न नदिनेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको समर्थनमा पुगेका विद्यार्थी नेताहरूले कलेजको मूल गेटमा तोडफोड गर्नुका साथै कलेज प्रशासनमा ताला लगाएका थिए ।

विद्यार्थी तोडफोडमा उत्रिएपछि कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कलेजमा एक सय जना भर्ना भएका छन् । उनीहरूले १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएको हुन् ।

तर, कलेज प्रशासनले विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा थप शुल्क माग गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १६:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया