कृषि, जलविद्युत् र पर्यटनमा लगानी गर्न प्रवासी नेपालीलाई पूर्वराष्ट्रपतिको आग्रह [भिडियो]

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले नेपालको भूवनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैरआवासीय नेपालीलाई अनुरोध गरेका हुन् ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताएका हुन् । पूर्वराष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंसा गरे ।

त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए ।

भिडियो





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १६:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया