प्रधानमन्त्री शेरबहादुर देउवा २५ पुसमा भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो ।
गत असारमा पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको पहिलो चोटि औपचारिक रूपमा भारत भ्रमण हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जान लागेका हुन् ।
प्रधानमन्त्री देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी पनि छ । गुजरात मोदीको गृह प्रान्त पनि हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।