चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले चैत मसान्तसम्म काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी पुर्याउने निर्णय गरेको छ । 

बुधबारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै सो अवधिभित्र पानी ल्याइसक्ने निर्णय गरेको हो । 

खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजना पुननिर्माण कार्ययोजना मन्त्रिपरिषदमा पेस भएको थियो । 

उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्ने निर्णय भएको हो ।

आजको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण, अनुसन्धान विभागको प्रमुख नियुक्तिलगायत निर्णय गरेको छ । 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २१:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया