सहज जित निकाल्दै रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा

कोपा डेल रेअन्तर्गत गएराति भएको खेलमा शीर्ष डिभिजनको रियल रियल मड्रिडले दोस्रो श्रेणीको एल्कोयानोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

एल्कोयानोको घरेलु मैदान स्टेडियो एल कोलाओमा रियलले ३-१ को सहज जित हात परेको हो । रियलको जितमा इडर मिलिटाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल उपहार पायो ।

घरेलु टोलीका ड्यानी भेगाले एक गोल फर्काए । खेलको ३९  औं  मिनेटमा  मिलिटाओले गोल गर्दै रियललाई अग्रता  दिलाएका थिए । ६६ औं  मिनेटमा भेगाले खेललाई १-१ को बराबरीमा ल्याए । ७६ औं  मिनेटमा एसेन्सियो गोल गर्दै टोलीलाई २-१ ले अगाडि  बढाए ।

७८ औं  मिनेटमा  जोस जुआन फिगुइरसले आत्मधाती गोल गर्दा रियलले सहज जित हात पार्‍यो । प्रतियोगिताअन्तर्गत बुधबार नै भएको अन्य खेलमा रोयो भालेकानो , स्पान्योल र मार्लोका पनि विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन् ।  






  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ८:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया