टोटेनहमविरुद्ध चेल्सी २-० ले विजयी

इंग्लिस फुटबल लिग कप (कारवाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीले जित हात पारेको छ ।

गएराति भएको खेलमा घरेलु टोली चेल्सीले टोटेनहममाथि २-० को सहज जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले एक गोल गर्दा एक गोल उपहार स्वरूप प्राप्त भयो ।

खेलको पाँचौं मिनेटमै हाभर्टेजले चेल्सीलाई अग्रता दिलाएका थिए । ३४ औं  मिनेटमा बेन डेभिसले आत्मघाती गोल गर्दा चेल्सीले सहज जित निकाल्यो ।

दोस्रो लेग १३ जनवरीमा टोटेनहमको घरेलु मैदानमा हुनेछ । 






  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ८:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया