फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी काेराेना संक्रमणमुक्त भएका छन् ।
क्लबले बुधबार मेसी संक्रमणमुक्त भएकाे जनाएकाे हाे । क्लबका अनुसार अब उनी चाँडै नै प्रशिक्षणमा फर्किनेछन् ।
गएकाे आइतबार उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनीसँगै पिएसजीका अन्य तीन खेलाडीमा पनि संक्रमण पुष्टि भएकाे थियाे ।
यही सिजन स्पेनिस क्लब बार्सिलाेनाबाट पेरिस आएका मेस्सीले लिग वानको ११ खेलमा १ गोल गरेका छन् ।
पिएसजी १९ खेलमा ४६ अंक प्राप्त गरी लिग वानको शीर्ष स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।