केएमसीबारे मन्त्री पाैडेल भने- बढी शुल्क लिएकाे प्रमाणित भएमा कारबाही हुन्छ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिएका छन् ।

बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गरेका हुन् ।

उनले मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरूसँग वार्ता गरेर तत्काल समस्याको समाधान गरी कक्षा सञ्चालन गर्न पनि निर्देशन दिए । 

उनले शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए ।

मन्त्री पौडेलले भने, ‘सिडिओसाबले वार्ता बोलाउनुस्, मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरूसँग वार्ता बोलाउनुस्, त्यसपछि तपाईंहरू पनि वार्तामा बस्नुस् । विद्यार्थीले बढी शुल्क लिएको भनेर जो पेस गर्छन्, त्यो उहाँहरूसँग भेरिफाइ गर्नुहोस् । बढी शुल्क लिएको प्रमाणित भएमा मन्त्रालयको ध्यानाकर्षण रहन्छ । ऐनले गरेको व्यवस्थाअनुरूप हामी प्रक्रिया अघि बढाउँछौं । ऐन विपरीत तपाईंहरू पनि जान मिल्दैन । हामी पनि जान मिल्दैन । प्रशासन पनि जान मिल्दैन । नमिल्ने प्रकृतिको ऐन बनाएर दबाव विद्यार्थीले दिएका रहेछन् भने चिकित्सा शिक्षा आयोगलाई हामी सम्बन्धित कारबाही गर्छौं । समस्या हल गर्ने कुरा प्रशासनको पनि हो ।’

यता कलेजका प्राचार्य रतिन्द्रनाथ श्रेष्ठले भने कलेजले चिकित्सा शिक्षा आयोगको ऐनअनुसार कराेडाैंकाे होस्टेलको व्यवस्था गरेको र अहिले आयोगले होस्टेल ऐच्छिक भन्न नमिल्ने बताए । 



उनले भने, ‘नेपाल मेडिकल काउन्सिलकाे प्रावधानमा हाेस्टल अनिवार्य भनिएकाे छ । त्यसैले हामीले कराेडाैं लगानी गरेर हाेस्टेल बनाएका छाैं । यदि नराख्ने हाे भने हाेस्टल कम्पलसरी छैन भनेर नियमबाट हटाउनुपर्छ । आयाेगमा ऐनमा नभएकाे कुरा आएपछि हामीले मान्ने कुरा भएन नि । हाेस्टल ऐच्छिक भन्ने अधिकार आयाेगलाई कसले दियाे ? हाम्राे प्रश्न त्यहाँ हाे । हामीले धेरै पैसा लियाे भन्ने कुरा छ, हाेस्टलअनुसारकाे पैसा लिने हाे नि, कस्ताे व्यवस्था छ त्यही अनुसारकाे । ’ 

श्रेष्ठले ६० हजार महिनाको एमबिबिएसको शुल्क तिर्न कञ्जुस्याइँ गरे यो स्थितिमा संस्था सञ्चालन गर्न नसकिने जिकिर गरे ।



  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १५:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया