स्थायी राजधानी निर्माणका लागि लुम्बिनी प्रदेशलाई सरकारले १ अर्ब रुपैयाँ दिने

सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका १ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । यसअघि लुम्बिनी प्रदेशले संघीय सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको थियो । 

मन्त्रिपरिषद् बैठकले राजधानीमा स्थायी संरचना निर्माणका लागि १ अर्ब रुपैयाँ दिने निर्णय गरेको हो । 
संघले दिने रकम गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणमा खर्च हुनेछ । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलमा छ । प्रदेशले दाङको भालुवाङमा प्रदेशको स्थायी राजधानी बनाउने निर्णय पारित गरेको छ । त्यसका लागि गुरुयोजनाको खाका पनि तयार भएको छ ।

भालुबाङ–लमही खण्डको ५०० मिटरबाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र भिआइपीको आवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १८:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया