स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए।
जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि अनुदान सहयोग गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।