प्रदेश प्रमुख परियारले बोलाए हिउँदे अधिवेशन

कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही २८ पुसमा बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत १४ मंसिरमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ९:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया