इटहरीमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बिहीबार साँझ बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राई रहेका छन् । 

बसको ठक्करबाट घाइते भएका दुबै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८१९६ नम्बरको बसले को २७ प २१९ नम्बरको मोटरसाईकललाई हिजो साँझ साढे ७ बजे ठक्कर दिएको थियो । बस सहित चालक प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १०:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया