logo-img

न जाडो न घाम, यसरी हुँदैछ इँटाभट्टामा धमाधम काम (फोटो फिचर)

अहिले मौसम चिसो छ । चिसोबाट जोगिन प्रायः मानिस घरभित्रै छन् । घर बाहिर रहे पनि उनीहरू जाडोबाट जोगिन विभिन्न उपाय अपनाइरहेका छन् । तर, भक्तपुरको जगातीमा रहेको इँटाभट्टामा कामदार भने चिसो मौसममा पनि काममा तल्लीन छन् । भक्तपुरमा १० वटा इँटाभट्टा छन् । यहाँका भट्टामा कात्तिकदेखि चैतसम्म इँटा पोल्ने काम हुन्छ ।

भक्तपुरका इँटाभट्टामा रामेछाप, दाङ, रोल्पा, सिन्धुपाल्चोक, रुकुमसहित भारतीय नागरिक कार्यरत छन् । उनीहरू हरेक सिजनमा ३६ लाख इँटा उत्पादन गर्छन् । अहिले फेरि कोरोना संक्रमण बढेको छ । साथै, भट्टाबाट निस्किने प्रदूषणले पनि उनीहरूलाई समस्या परेको छ । तर, कामदार भने निरन्तर काममै व्यस्त छन् ।

भक्तपुरका इँटाभट्टामा देखिएका केही दृश्यहरू :





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया