ब्राइट फ्युचरले गर्याे अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता

काठमाडौं– ब्राइट फ्युचर स्कुल तथा ब्राइट एलुम्नाई एसोसिएसनको संयुक्त आयोजनामा तेस्रो अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

१२ देखि  १५ मंसिरसम्म चलेको प्रतियोगितामा काठमाडौंका २२ विद्यालय सहभागी थिए ।

विभिन्न चरणमा सम्पन्न प्रतियोगितामा ल्याबोरेटोरी मावि कीर्तिपुर प्रथम, विज्डम मावि कलंकी द्वितीय, न्यु डायमन्ड मावि नैकाप तृतीय भए ।

विजयी तीनै टिमका विद्यार्थीलाई प्रमुख अतिथि चन्द्रगिरी नगरपालिका–१५ का अध्यक्ष उत्तमबहादुर राउतले प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरे ।

उक्त अवसरमा आयोजक ब्राइट फ्युचर माविका प्रिन्सिपल दयाराम थापाले विद्यार्थीको बौद्धिक विकासको लागि विद्यालयले वेलावेलामा आन्तरिक एवं अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अन्य अतिरिक्त क्रियाकलाप नियमित रुपमा गर्दै आएको बताए ।

ब्राइट एलुम्नाई एसोसिएसनका अध्यक्ष मनोहर कार्कीले हरेक वर्ष विद्यालयको वार्षिक उत्सवका अवसरमा एलुम्नाई एसोसिएसनले नियमित रुपमा कार्यक्रम गर्दै आएको बताए ।



विद्यालयको ३१औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यपक, विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो । 
 



  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १९:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया