बौद्ध घटना : पब्जी खेल्दा माया बस्यो, २२ दिनमा दुवैको रहस्यमय मृत्यु
प्रतीकात्मक तस्वीर

२५ वर्षीय अनिश जिमी संखुवासभाका हुन् । पब्जीमा उनको लत थियो । पब्जी खेल्ने क्रममै चिनजान भयो २१ वर्षीया युनिशा राईसँग । राईको घरचाहिँ खोटाङ हो ।

चिनजानपछि आपसमा कुरा हुँदै गयो । माया टुसाउँदै गयो । अन्ततः उनीहरूको सँगै बसाइँ अर्थात् ‘लिभिङ टुगेदर’ हुन थाल्यो ।

बसाइ हो – काठमाडौंको बौद्धस्थित राधाकृष्ण मन्दिर नजिकको एउटा घरमा । उक्त घरमा उनीहरूको बसाइँ २२ दिनदेखिको हो ।

गएराति भने सोही घरबाट प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन आयो र काँपिएको आवाजमा भनियो – ‘एक जोडी युवायुवती रगताम्मे भएर लडिरहेका छन् । छिटो आउनुहोस् बौद्धको राधाकृष्ण मन्दिर नजिक ।’

यसपछि घटनास्थलतर्फ खटिए महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङ र काठमाडौं परिसरका एसएसपी सुदीपराज गिरी ।

घटनास्थलमा पुग्दा ढोका बन्द अवस्थामा देखिएको गिरी बताउँछन् । उनका अनुसार ढोका फोडेर हेर्दा भने युवक सास फेरिरहेका थिए ।



अस्पताल पुर्‍याउँदा भने उनी मृत घोषित भए ।

घटनास्थलको प्रकृति अध्ययन गर्दा बाहिरका मानिसहरूबाट हत्या भएको सम्भावना न्यून रहेको देखिएको गिरीले बताए । तर, पनि घटनाको अनुसन्धान सूक्ष्म ढंगबाट भइरहेको उल्लेख गरे ।



प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू कोठबाट कमै निस्किने र भित्रै कराउँदै पब्जी खेल्दै बस्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पहिले युवतीलाई चक्कु प्रहार गरी हत्या गरेपछि युवकले आत्महत्या गरेको हुन सक्ने प्रहरीको ठम्याइ छ ।

घटनास्थलबाट प्रहरीले उनीहरूको मोबाइल बरामद गरेको छ । फरेन्सिक विज्ञ चिकित्सवको टोलीले पनि घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १८:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया