सिसिएमसीले दियो बुस्टर डोजका लागि अनुमति
फाइल तस्वीर

सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोजका लागि स्वीकृति प्रदान गरेको छ ।

शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले तेस्रो चरणको बुस्टर खोप पनि अघि बढाउने अनुमति दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुस्टर डोजका लागि अनुमति दिइएको जानकारी दिए । नेपालमा एकैदिन २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सिसिएमसीको बैठक डाकेर छलफल गरेका हुन् ।

उनले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले सीमा नाकालाई चुस्तदुरुस्त बनाउन र संक्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराएका छन् ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालय बन्द गर्नेजस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १९:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया