एफए कप : म्यानचेस्टर सिटीकाे सहज जित

एफए कपकाे तेस्रो चरण अन्तर्गत गए राति भएकाे खेलमा म्यानचेस्टर सिटीले घरेलु टाेली स्विडन टाउनमाथि ४-१ काे सहज जित हात पारेकाे छ ।

याे जितसँगै सिटीले प्रतियाेगिताकाे चाैथाे चरणमा आफ्नो स्थान सुरक्षित गर्‍याे ।

काउन्टी फुटबल मैदानमा सिटीलाई जित दिलाउन बर्नान्डाे सिल्भा, गाब्रियल जिसस, इल्के गुन्डाेगन र काेल पाल्मेरले १-१ गाेल गरे । घरेलु टाेलीका लागि ह्यारी म्याककिर्डीले १ गाेल फर्काए ।

खेलकाे १४औं मिनेटमा सिल्भाले गाेल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जिससले टाेलीकाे अग्रता दाेब्बर बनाए । ५९औं मिनेटमा गुन्डाेगनले सिटीका लागि तेस्रो गाेल गरे।

७८औं मिनेटमा म्याककिर्डीले खेललाई ३-१ काे अवस्थामा ल्याए ।

८२ औं मिनेटमा पाल्मेरले गाेल गरेपछि सिटीले ४-१ काे सहज जित हात पारेकाे हाे ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ७:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया