बिग बास लिग : ब्रिसबनसँग प्रतिस्पर्धा गर्दै होर्बाट

बिग बास लिग (बिबिएल) अन्तर्गत शनिबार हुने खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सले घरेलु टोली ब्रिसबन हिट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

द गाबा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । होबार्ट ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहँदा ब्रिसबन १४ अंकका साथ छैटौं स्थानमा छ । 

लेग स्पिनर सन्दीपले यस सिजन ९ खेलमा ८ विकेट हात पारेका छन् । 

हालसम्म यी दुई १९ खेलमा एक अर्काको सामना गर्दा ब्रिसबन ८ र होर्बाट ११ खेलमा विजयी भएका छन् । 

यो सिजनको पहिलो खेलमा ब्रिसबनले १४ रनको जित हात पारेको थियो । आज पनि उ घरेलु मैदानको फाइदा उठाउँदै होबार्टविरुद्धको जितलाई कायम राख्न चाहन्छ।

होबार्ट पनि ब्रिसबनलाई हराउँदै पहिलो खेलमा बेहोरेको हारको बदला दिने दाउमा छ ।  





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १०:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया