कतार सरकारले काेराेना भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड नअपनाउने ८९८ जनालाई कारबाही गरेकाे छ।
पछिल्लो समय कोराेना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुन थालेपछि कतारले उनीहरूलाई कारबाही गरेकाे हाे।
जसमध्ये मास्क नलगाउने ५९५, शारीरिक दूरी कायम नगर्ने २७० र एहतेराज एप इन्स्टल नगर्ने ३३ जना रहेका छन् । उनीहरूलाई ६ महिना जेल अथवा ५ हजार कतारी रियाल वा दुबै सजाय हुने बताइएकाे छ ।
कतारमा बन्द र खुला सार्वजनिक स्थानहरूमा मास्क अनिवार्य रूपमा लगाउनुपर्दछ । ६ वर्ष मुनिका बालबालिका र खुला ठाउँमा खेलकुद र व्यायाम गर्ने मानिसहरूका लागि मात्र मास्क लगाउन छुट दिइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।