एमाले कैलाली अधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

नेकपा (एमाले) कैलालीको निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जिल्ला अध्यक्षलगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यक्रमअनुसार दिउसो ३ बजेदेखि ३ः३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । 

यस्तै, ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए । आजै साझ ७ः३० देखि ८ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।

आइतबार बिहान ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान हुने कार्यतालिका छ । भने दिउँसो ३ बजेबाट मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ । मतगणना सकिए लगत्तै निर्वाचन परिणाम सार्वजनिक गरिने छ । जिल्ला अध्यक्ष लगायतका सदस्य चयनका लागि सहमतिको प्रयास गरिए सहमति जुटेन् ।

सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया शुरू गरिएको हो । जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन् ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १५:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया