अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने एकीकृत समाजवादीनिकट युवा संघको प्रतिबद्धता

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्रभित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याई छोडेन प्रतिबद्धता जनाएको छ ।

शनिबार दिउँसो पशुपति क्षेत्र परिसरभित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवा संघ, नेपालको टोलीले सो धर्मशाला समेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी, टोलीले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेको छ ।

पशुपति क्षेत्र भित्रको सार्वजनिक सम्पत्तिसमेत अतिक्रमित भएकाले त्यसलाई रोक्न आफूले अनुगमनको काम सुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए । उनले संघले देशभरका सबै सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन अनुसन्धानको काम सुरु गरेको पनि बताए ।

अध्यक्ष शाहीले नारायणहिटी संग्रहालय, नेपाल ट्रष्ट, रेडियो नेपालको खुमलटारस्थित जग्गासमेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफूहरूले पहल सुरु गर्नु परेको बताए ।

उनले भने, ‘तपाईंहरूले देख्नु भएको छ । सार्वजनिक सम्पत्ति लुटिने प्रयास भएको छ । त्यसलाई रोक्नका लागि हामीले सार्वजनिक सम्पत्ति दुरुपयोग हुन नदिन छानबिन समिति बनाएका छौं । यो धर्मशालालाई पनि व्यापारिक प्रयोजनका लागि दिइएको रहेछ । यो कामलाई रोक्न म आग्रह गर्दछु । र सार्वजनिक सम्पत्ति जहाँजहाँ अतिक्रमित भएका छन । त्यसलाई हामी रोक्नेछौँ ।’

युवा संघ, नेपालले नारायणहिटी संग्रहालयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवादसमेत दिएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १६:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया