सक्रिय संक्रमित ६ हजार नाघे

नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । 

नौ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ।

संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये ५ हजार ६ सय ३१ जना होम आइसोलेसनमा छन् भने ५ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १७:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया