देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको छ : गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । देशमा धेरै कुरा बिग्रेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए । नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अबको १०–१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि महामन्त्री थापाले दोहोर्याए ।

बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यकता नभएको स्पष्ट पारे । 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १७:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया