प्रचण्डलाई कोरोना देखिएपछि देउवा आइसोलेसनमा
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि सेल्फ आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै देउवाले अत्यावश्यकबाहेकका भेटघाट एक सातालाई बन्द गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाको आरटी-पीसीआर परीक्षण पनि हुने भएको छ । उनको आइतबार कोरोना परीक्षण हुने भएको हो । दुई दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्ड, देउवालगायत उपस्थित थिए ।

त्यसपछि प्रचण्डलगायत नेकपा माओवादी केन्द्रका १० नेताहरूको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नेताहरूलाई कोरोना देखिएपछि बैठकसमेत स्थगित गरिएको छ । यता, आजै देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १८:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया