\


बाँकेमा पात टिप्न जाँदा बाघको आक्रमण, महिलाको ज्यान गयो
फरकधार / २४ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

बाँकेमा बाघको आक्रमणमा परी एक जना महिलाको ज्यान गएको छ । शनिबार बिहान ३३ वर्षीया चाँदनी थारू बाघको आक्रमणमा परेकी थिइन् । 

उनी राप्ती सोनारी गाउँपालिका–६ हब्रहवाकी हुन् । गाउँकै सदाबहार सामुदायिक वनमा उनी साथीहरूसहित सालको पात टिप्न गएकी थिइन् ।

तर, बाघको आक्रमणमा चाँदनी परेको र उनलाई आक्रमण गरेर बाघले लगेको सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । 
लगत्तै घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोस्ट फत्तेपुरबाट प्रहरी टोली खटिएको थियो । 

टोलीले सोही जंगलमा चाँदनीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १९:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया