एमाले जिल्ला अधिवेशन : कैलालीमा चन्द र थापा प्यानलसहित चुनावी मैदानमा

एमाले कैलालीको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । आकांक्षी बीच सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । 

वर्तमान उपाध्यक्ष चन्द प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा डेजी पाण्डे र उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्र शाही उम्मेदवार रहेका छन् । यसअघि थापा, चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले पनि अध्यक्षमा दाबी गरिरहेका थिए ।

प्यानलसहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गर्ने घोषणा गरेका छन् । थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर बिक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेदवार रहेका छन् ।

कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।

आइतबार मतदान



जिल्ला अध्यक्षलगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको छ । निर्वाचन कमिटीले निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ । 

आइतबार बिहान ८ः ३० बजेदेखि १ः ३० बजेसम्म मतदान हुने र दिउँसो ३ बजेबाट मतगणना सुरु हुने ​प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए 



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १९:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया