नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् । शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो ।
शनिबार भएको बन्दसत्रले देउजालाई अध्यक्ष र उपाध्यक्षमा वासुदेव थापालाई चयन गरेको छ । यस्तै, सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।