आयल निगमको कार्यकारी निर्देशकका लागि विज्ञापन खुल्यो

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । 

निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ ।

२०७५ को पुसमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि अहिले यो पद रिक्त छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ९:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया