आसेपासे पुँजीवादको कुरूप अनुहार ‘बतास’, राजनीतिक सफाइ अभियानमा लागौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पुँजीवादको कुरूप अनुहारको रूपमा बतास देखा परेको टिप्पणी गरेका छन् । 

पछिल्लोपटक बतास समूहले नारायणहिटी दरबार संग्रहालयभित्र ​रोयल बगैंचा रेष्टुरेन्ट बनाएको खबर सार्वजनिक भएपछि बाबुरामले यस विषयमा टिप्पणी गरेका हुन् । यसअघि सरकारी जग्गा भाडामा लिने विषयमा यति र ओम्नी पनि विवादमा आएका थिए । 

‘हिजो यति, ओम्नी पछि आज बतासको रूपमा आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार देखा पर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो,’ बाबुरामले आइतबार बिहान ट्वीट गर्दै भनेका छन् ।

साथै, उनले यस्ता विवाद आउन नदिन राजनीतिको मुहान नै सफाइ गर्न लाग्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘जबसम्म मुहान (राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन हैँ! मुहान सफा गरौं, राजनीतिक सफाइ अभियानमा लागौं!,’ बाबुरामले भनेका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ९:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया