एमाले बाजुराको अध्यक्षमा तीनजना आकांक्षी

नेकपा (एमाले) बाजुराको सातौं जिल्ला अधिवेशनको खुलासत्र शुक्रबार सकिएको छ । शनिबार नै सुरु हुने भनिएकाे बन्दसत्रकाे भने टुंगाे भने लागेकाे छैन ।  

सातौं जिल्ला अधिवेशनको खुलासत्र शुक्रबार बेलुका सकिएपछि नै नेताहरू नेतृत्व चयनका लागि आएका प्रतिनिधि र कार्यकर्ता भेटघाट गर्न व्यस्त छन् । जिल्ला कमिटी बाजुराको शीर्ष नेताहरूले नयाँ नेतृत्व सहमतिमै चयन गर्ने बताएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा र केन्द्रीय कमिटी सदस्य प्रकाशबहादुर शाहले सातौं जिल्ला अधिवेशनमा सम्बोधन गर्ने क्रममा कुनै गुट/उपगुटमा नेतृत्व चयन नहुने विश्वास कार्यकर्तालाई दिलाएका छन् । 

सबैलाई सुहाउँदो नेतृत्व सहमतिमै निर्वाचित गरिने पनि उनीहरूले जिकिर गरेका छन् । यता अध्यक्षका लागि भने जनाले आकांक्षा राखेका छन् । जसमा लालबहादुर ओली, भरत थापा र कालीबहादुर शाही रहेका छन् ।  

शीर्ष नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने भने पनि कार्यकर्ताले भने आ-आफ्ना नेताहरूको प्रचार गर्न थालेका छन् । आफ्ना निकटका नेताहरूको चर्को प्रचारप्रसार गर्नाले नेतृत्व चयनमा झन् कठिन हुने देखिएको छ । 

‘पुरानै दोहोरिनुभन्दा नयाँलाई नेतृत्वमा ल्याउनुपर्ने कार्यकर्ताहरूको भनाइ रहेको छ’, एक कार्यकर्ताले भने, ‘पार्टीलाई जिल्लामा शक्तिशाली र चलायमान बनाउन नयाँ नेतृत्वको आवश्यक रहेको छ ।’



अध्यक्ष पदका दावेदार ओलीले पनि आफू बलियो आकांक्षी रहेको बताउँदै आएका छन् । धेरै पटक नेतृत्वबाट पछाडि पारेको बताउँदै यो पटक आफूलाई जसरी पनि नेतृत्वमा लिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।  

त्यस्तै, एमाले वर्तमान अध्यक्ष शाहीले पनि पुन: आफू दाेहिरिन आवश्यक रहेकाे बताएका छन् । उनी सात वर्षदेखि जिल्ला अध्यक्षको जिम्मेवारीमा छन् । त्यस्तै, अर्का एमाले युवा नेता थापाले पनि आफू पनि अध्यक्ष पदबाट पछि नहट्ने अडान राखेका छन् । उनी जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् ।



सहमतिमै नेतृत्व चयन गर्नका लागि शीर्ष नेताहरू पनि सल्लाहमै व्यस्त देखिएका छन् ।  

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १०:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया