दशबुँदे पक्षको उम्मेदवारलाई बेवास्ता, ओलीनिकटलाई नेतृत्वको टीका

नेकपा एमाले मकवानपुरको नेतृत्वमा विवाद देखिएको छ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन भएको भन्दै आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्ष रहेको जिल्ला सहइन्चार्ज रामेश्वर रानाले घोषणा गरेका थिए ।

निर्वाचन मण्डलका अध्यक्ष रानाले नेकपा एमाले मकवानपुरको उपाध्यक्षमा लालबहादुर, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चयन भएको जानकारी गराए । 

हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार उद्घाटन गरिएको नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशनअन्तर्गत शनिबार बिहान हेटौंडा-४ स्थित होटल क्वीक-२० मा निर्वाचनको प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको थियो । 

शनिबार दिउँसो आइतबार बिहानसम्मका लागि भन्दै निर्वाचनको प्रक्रिया स्थगित गरिएको जानकारी गराइएको थियो । 

आइतबार बिहान हेटौंडा-५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले जानकारी दिए । 

तेस्रोधारलाई पाखा 



नेकपा एमालेमा माधव नेपाल हुँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई प्रतिगमन भनेका तर एमाले फुट्दा तेस्रो धार भन्दै दशबुँदे सम्झौता गरेको जिल्लाका नेताहरूलाई नेतृत्वमा बञ्चित गरिएको छ ।

यस अघिको अधिवेशनबाट मकवानपुर एमालेका उपाध्यक्ष भएका बद्री लम्सालले अध्यक्षको लागि दाबी गर्दै उम्मेदवारी घोषणा गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता नगरे पनि अध्यक्षमा जिल्ला सचिव रहेका एकलाल श्रेष्ठलाई अध्यक्षमा रानाले घोषणा गरेका थिए । 



त्यसपछि अध्यक्षका प्रत्यासी लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘जबरजस्ती लोकतन्त्रको हत्या हुँदैछ, जनअभिमतलाई बन्दी बनाईँदैछ ।’ 

लम्साल एमालेको १० बुँदे पक्षधरका नेता हुन् भने श्रेष्ठ पूर्वमुख्यमन्त्री डोरमणि पौडेल निकटका नेता हुन्  । 

यस्तै पदाधिकारीमा दिएको उम्मेदवारीहरूलाई पनि वेवास्ता गर्दै सार्वजनिक रूपमा जिल्लाका नेताहरूले टिप्पणी गरेका छन् ।

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १३:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया